२ कार्तिक २०८१, शुक्रबार

कोरोना : अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार पार,विश्वभर ३७ हजारको मृत्यु

प्रकाशित मिति :  31 March, 2020 8:30 am


US President Donald Trump and Vice President Mike Pence walk to deliver the daily briefing on the novel coronavirus, COVID-19, in the Rose Garden of the White House in Washington, DC, on March 30, 2020. (Photo by MANDEL NGAN / AFP) (Photo by MANDEL NGAN/AFP via Getty Images)

एजेन्सी, १८ चैत ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार पार गरेको छ ।  जोन हफकिन्स विश्वविद्यालयको नयाँ तथ्याङक अनुसार अहिलेसम्म अमेरिकामा कारोनाका कारण मर्नेको संख्या ३ हजार ८ पुगेको छ । सबैभन्दा धेरै मृत्यु न्यूयोर्क सिटीमा ९ सय १४ जनाको भएको छ ।

न्यूयोर्क सिटीपछि न्यू जर्सी सबैभन्दा बढी प्रभाववित भएको छ र अहिलेसम्म १ सय ९८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार पार गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले अमेरिकाबाट कोरोना भाइरस ३० मार्चसम्म रोक्ने दाबी गरेको थिए तर उक्त समय पार गर्दा मृत्यु र संक्रमितको संख्या बढ्दै गएको छ ।

सरकारी विशेषज्ञहरुले नै यै गतिमा गए अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुइलाखसम्म ज्यान जान सक्ने चेतावनी दिएका छन् ।
यस्तै इटलीमा मर्नेको संख्या ११ हजार पार गरेको छ । अहिलेसम्म कोरोनाका कारण इटलीमा मर्नेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । अहिलेसम्म कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । संक्रमितको संख्या १ लाखभन्दा माथी छ ।

अहिलेसम्म विश्वभर ३७ हजार भन्दा बढी मान्छेको ज्यान गएको छ भने ७ लाख ८४ हजार मानिस संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !