३ आश्विन २०८१, बिहिबार

नाडा ईभी एक्स्पो : सार्वजनिक भयो ओला इलेक्ट्रिक स्कुटर

प्रकाशित मिति :  22 September, 2022 6:09 pm


काठमाडौं । भृकुटीमण्डमा आज देखि शुरु भएको विद्युतीय सवारी साधनको मेला ‘नाडा ईभी एक्सपो २०२२’ मा ओलाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । नेपाली बजारका लागि दुई मोडल एस१ र एस१ प्रो सार्वजनिक भएको हो ।

ओला एस१ मा २.९८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसलाई सामान्य चार्जरको सहयोगले करिव ५ घण्टामा चार्ज गर्न सकिन्छ । फास्ट चार्जरको सहयोगले १८ मिनेटमै ७५ किलोमिटर रेन्ज दिने गरी चार्ज गर्न सकिन्छ । यसको रेन्ज १२१ किलोमिटर छ र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा नर्मल र स्पोर्ट्स गरी दुई राइडिङ मोड छन् ।

एस१ प्रोमा ३.९७ किलोवाट आवरको ब्याट्री प्याक छ र यसलाई पनि फास्ट चार्जरको सहयोगले १८ मिनेटमै ७५ किलोमिटर रेन्ज दिने गरी चार्ज गर्न सकिन्छ । यसलाई फुल चार्ज गर्न भने सामान्य चार्जरमार्फत करिव साढे ६ घण्टा लाग्छ । यसको रेन्ज १८१ किलोमिटर छ र अधिकतम गति ११५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा नर्मल, स्पोर्ट्स र हाइपर राइडिङ मोड गरी तीन राइडिङ मोड छन् ।



प्रतिक्रिया दिनुहोस !