एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति
प्रकाशित मिति : 23 September, 2022 4:54 pm

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । आसन्न संघ र प्रदेशको निर्वाचनमा लोसपाले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति बनाएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।
प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने जनाएको छ ।