२० असार २०८१, बुधबार

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरधनीले बस्न दिएनन्

प्रकाशित मिति :  31 March, 2020 10:30 am


सिन्धुली, १८ चैत । 

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरधनीले बस्न दिएका छैनन् ।

सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।

डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरधनीले दुव्र्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ’, उनले भने , ‘यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु’, उनले भने ।

यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे । ‘यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उहाँहरु नै हुनुहुन्छ । यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ’, उनले भने ।



प्रतिक्रिया दिनुहोस !