सुनको मूल्य बढ्यो, चाँदी घट्यो
प्रकाशित मिति : 28 September, 2022 11:13 am
काठमाडौं । नेपाली बजारमा आज बुधवार सुनको मूल्यमा झिनो रकमले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेर तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार ११५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर तोलाको ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।