२० असार २०८१, बुधबार

पुल भत्काएका वडाअध्यक्ष भन्छन्,‘वडाकै सुरक्षाका लागि गरेको थिएँ भाइरल भएपछि बनाउन लगाएँ’

प्रकाशित मिति :  31 March, 2020 1:57 pm


प्यूठान, १८ चैत ।

प्यूठानको स्वर्गद्धारी नगरपालिका-५ का वडा अध्यक्षले उप्काउन लगाएका झेलुङ्गे पुलका पट्टा फेरी लगाईएको छ ।

कोरोना भाईरसबाट बच्नका लागि बाहिरका मान्छे आवातजावत नहोस् भनेर भन्दै वडाअध्यक्ष हिरामणी भण्डारीले झोलुङ्गे पुलका पट्टा उप्काउन लगाएका थिए ।

लुम्बिनी सञ्चारसँग अध्यक्ष भण्डारीले भने,‘अरुले विरोध गरेर हुन्छ ? मैले मेरो वडाको जनताको सुरक्षाका लागि गरेको हो तर लकडाउनका बेला फुर्सदमा भएकाहरुले भाइरल बनाईदिए त्यसैले अहिले पट्टा मिलाउन लगाएको छु ।’

उनले आफ्नो गाँउ छिर्ने ५ वटा पुल रहेको र सबैमा पालेको व्यवस्था गरेको बताए । उनले भने,‘५ वटा झोलुङगे पुल छन् बाहिरका मान्छे जर्वजस्ति छिर्छन पालेलाई समेत हुत्याएर हिड्छन् अनि पुलका पट्टा उप्काउन लगाएको हो ।’ सुरुमा पुलमा बार लगाएपनि हटाएर मान्छे छिरेपछि पट्टा नै उप्काउन लगाएको हुँ तर अहिले फेरी मिलाउन लगाए । उनले पुलहरुमा पालेको ब्यवस्था गरेको जानकारी दिए ।

र योपनि……



प्रतिक्रिया दिनुहोस !