३ आश्विन २०८१, बिहिबार

स्याङ्जामा एमाले उम्मेदवार: प्रतिनिधि सभामा पुरानै अनुहार

प्रकाशित मिति :  8 October, 2022 11:05 am


स्याङ्जा । स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नारायण मरासिनी र क्षेत्र नं २ मा पदमा कुमारी अर्याललाई उम्मेदवार बनाएको छ ।मरासिनी पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुन्न भने पदमा कुमारी अर्याल पार्टीको केन्द्रीय सचिव हुन् ।

यसैगरी स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क)मा मीन गुरुङ र (ख) मा सुधीर कुमार पौडेललाई उम्मेदवार बनाएको छ। गुरूङ अघिल्लो निर्वाचनमा प्रदेश १(ख) बाट निर्वाचित भएका थिए भने पौडेल आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । उनीहरू दुबै पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन्।

क्षेत्र नं २ को प्रदेश (क) मा मोहन रेग्मी र (ख) मा डा। बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रेग्मी निवर्तमान प्रदेश सभा सदस्य एवं पार्टीको गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष हुन् । यसैगरी डा. श्रेष्ठ पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुन् । उनी अघिल्लो निर्वाचनमा चापाकोट नगरपालिकाको मेयर पदमा उपविजेता भएका थिए ।



प्रतिक्रिया दिनुहोस !