३ मंसिर २०८१, सोमबार

गठबन्धन विरुद्ध रोल्पामा बागी, माओवादी केन्द्रका दिपेन्द्रकुमार पुनले दिए उम्मेदवारी

प्रकाशित मिति :  9 October, 2022 5:14 pm



रोल्पा । रोल्पामा गठबन्धन विरुद्द नेकपा माओवादी केन्द्रबाटै बागी उम्मेदवारी परेको छ ।

निवर्तमान प्रदेश सांसद दिपेन्द्रकुमार पुनले प्रदेश (ख)बाट बागी उम्मेदवारी दिएका हुन् । प्रदेश (ख)नेपाली कांग्रेसको भागमा परेको छ र अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनले केन्द्रबाट गरेको निर्णय विरुद्ध पुनले उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रको निर्णय अनुसार संघ र प्रदेश (क) माओवादी केन्द्रको परेको थियो भने प्रदेश (ख) नेपाली कांग्रेसको भागमा परेको थियो ।

आधिकारिक रुपमा प्रतिनिधि सभा तर्फ वर्षमान पुन, प्रदेश सभा (क) मा जोखबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा (ख)मा नेपाली कांग्रेका तर्फबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गएका थिए । दिपेन्द्रकुमार पुनले कांग्रेसका उम्मेदवार अमरसिंह पुन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !