११ मंसिर २०८१, मंगलबार

वालिङमा सर्पले डसेर एक जनाको मृत्यु

प्रकाशित मिति :  10 October, 2022 3:24 pm


स्याङ्जा । स्याङ्जाको वालिङमा सर्पले डसेर एक पुरुषको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाकारी दिएकाे छ ।

गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको थियो ।

उपचारका लागि लैजाने तयारी हुँदै गर्दा सोमबार बिहान ४ बजे खाँणको निधन भएको प्रहरीको भनाई छ । खाँणको बायाँ हातका दुई ठाउँमा सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल पुर्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !