५ आश्विन २०८१, शनिबार

स्याङ्जामा हेभी वेटका दुई प्रतिस्पर्धी : एमाले केन्द्रीय सचिव अर्याल र कांग्रेस उपसभापति गुरुङ

प्रकाशित मिति :  10 October, 2022 4:00 pm


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ता भइरहेको अवस्थामा स्याङ्जामा पनि २ ठाँउमा मनोनयन दर्ता गरिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङजामा क्षेत्र नं १ अन्तर्गत जिल्ला प्रशासन कार्यलयमा मनोनयन दर्ता गरिएको छ भने क्षेत्र न २ अन्तर्गत वालिङ नगरपालिकको कार्यालयमा मनोनयन दर्ता गरिएको छ ।

विगतमा स्याङजाको निर्वाचनलाई सामान्य रुपले हेरे पनि यस पटक भने स्याङजामा दुई हेभीवेट नेताका बीचमा प्रतिस्पर्धा हुने भएपछि यो निर्वाचन देशभर चासोको रुपमा हेरिने भएको छ।

२०७४ सालको चुनावमा कांग्रेसका पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी नेकपा एमालेबाट पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा आर्याल र गठबन्धनको तर्फबाट कांग्रेसको केन्द्रीय उपसभापति धनराज गुरुङको उम्मेदवारी परेपछि निर्वाचन चासोको विषय बनेको हो ।

त्यस्तै स्याङजाको क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस जिल्ला सभापति राजु थापा र एमालेबाट नारायण मरासिनि बिच तेस्रो पटक भिडन्त हुने भएको छ । २०७० सालको निर्वाचन देखि प्रतिस्पर्धी रहेका मरासिनि र थापा २०७९ सालको निर्वाचन सम्म आई पुग्दा तेस्रो पटक भिड्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !