५ आश्विन २०८१, शनिबार

कर्णालीको बाढीले आठ सयभन्दा बढी परिवार डुबानमा

प्रकाशित मिति :  10 October, 2022 4:06 pm


बाँके । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए।

नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !