३ आश्विन २०८१, बिहिबार

हिरो भिडा भी१ इलेक्ट्रिक स्कुटर सार्वजनिक यस्ता छन् विशेषता

प्रकाशित मिति :  11 October, 2022 12:26 pm


काठमाडौं । हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा भी १ राखिएको छ । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध रहेकाे छ ।

एउटा भिडा(भी १ प्लस) र अर्को भिडा(भी १ प्रो) हो । ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ । एक पटक चार्ज गर्दा १६५ किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएकाे छ ।

हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक पवन मुंजालले स्कुटर सार्वजनिक गर्दै भने, ”हामीले यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वलाई वाचा गरेका थियौं, जुन आज पूरा गर्दैछौं । भीडा कम्पनीको नयाँ इलेक्ट्रिक वाहन सहायक कम्पनी हो । अक्टोबर १० देखि, भीडा इलेक्ट्रिक स्कुटरको लागि बुकिङ सुरु हुनेछ ।’’

भिडाको स्कुटरमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । यो स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स, रियर मोनोसक, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक, एलईडी लाइटिङ, स्प्लिट सिट र २६० लिटर अन्डर सिट स्टोरेज छ ।



प्रतिक्रिया दिनुहोस !