५ आश्विन २०८१, शनिबार

वालिङमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितको तयारी अन्तिम चरणमा

प्रकाशित मिति :  12 October, 2022 11:38 am


काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जा जिल्लाको वालिङमा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाले जनाएको छ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुदका कार्यक्रम हुने भएपनि महिला फुटबल भने एकदिनअघि असोज २७ गतेबाट सञ्चालन हुने भएको हो ।

असोज २७ गते बिहीबारबाट प्रतियोगिता शुरु हुने भएपछि असोज २६ गतेसम्म सबै खेलाडीहरु वालिङ आउनुपर्ने छ । वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवाशको व्यवस्थापन मिलाईएको आयोजकले जनाएको छ ।

वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा विशेष गरी वालिङ नगरपालिकासहित जिल्लाका एघार वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !