२ कार्तिक २०८१, शुक्रबार

बाँकेमा २ सय १९ जना क्वारेन्टाइनमा

प्रकाशित मिति :  31 March, 2020 6:51 pm


बाँके, १८ चैत ।

बाँकेमा कोरोना संक्रमण नहोस भनेर २ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आज पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै २ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । सबैभन्दा धेरै नैनापुर गाँउपालिकाको भगवानपुर माविमा रहेको क्वारेन्टाइनमा ९७ जनालाई राखिएको छ ।

डुडुवा गाँउपालिकामा १५ जनालाई होम क्वारेन्टाइनमा राखिएपनि बाहिर तयार भएका क्वारेन्टाइनमा भने एक जनापनि छैनन् । राप्ती सोनारी गाँउपालिकामा पनि होम क्वारेन्टाइनमा एकजना भएपनि बाहिर तयार भएको क्वारेन्टाइनमा बसेका छैनन् ।

नैनापुर गाँउपालिकामा सबैभन्दा धेरै १ सय २५ जन क्वारेन्टाइनमा बसेका छन् । यद्यपी होम क्वारेन्टाइनमा भने कोही नरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कोहलपुर नगरपालिकामा भने एक जना मात्रै क्वारेन्टाइनमा छन् । खजुरा गाँउपालिकामा ६४ जना क्वारेन्टाइनमा छन् भने ३२ जना होम क्वारेन्टाइनमा छन् । नेपागञ्ज उपमहानगरपालिका अन्तर्गत १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बाँकेमा ४ सय ७१ क्षमताको तयारी मध्य ३ सय ६६ क्षमताको क्वारेन्टाइन तयार भएको छ । क्वारेन्टाइनमा राखिएपनि अहिलेसम्म अस्पतालमा पठाउनुपर्ने अवस्था कसैको नभएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !