६ आश्विन २०८१, आइतबार

वर्षाले किसानलाई पारेको क्षतिको राहत दिन महासंघको सरकारसँग माग

प्रकाशित मिति :  12 October, 2022 5:36 pm


काठमाडौं । बेमौषमी वर्षाले किसानलाई भएको क्षतिप्रति अखिल नेपाल किसान महासंघले दुख ब्यक्त गरेको छ ।

विगत केही दिनदेखि देशभरका विभिन्न स्थान बिशेषगरी लुम्बिनी, गण्डकी, कर्णाली र सुदुपश्चिम प्रदेशमा परेको अविरल बर्षाका कारण आएको बाढी, पहिरो र डुवानले ठूलोमात्रामा धनजनको क्षति हुनुका साथै यसक्षेत्रमा बसोवास गर्ने आम समुदायकोे दैनिक जनजीवन प्रभावित भएको विषयलाई लिएर महासंघले दुख ब्यक्त गरेको हो ।

गत बर्ष परेको बेमौषमी बर्षाका कारण धान लगायतका बालीमा किसानलाई सरकार आफैले घोषणा गरेको राहात समेत १ बर्ष वितिसक्दा पनि किसानले पाउन नसकेको महासंघले जनाएको छ ।

त्यसैगरि यस बर्ष पनि कृषि भूमि तथा कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो परिणाममा क्षति पूगेको र यस विपत्तिबाट भएको क्षतिको वास्तविक विवरण संकलन गरी किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसमक्ष महासंघले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !