पद्मा अर्याल विरुद्ध बागी उम्मेदवार दिएका न्यौपानेले फिर्ता लिए उम्मेदवारी
प्रकाशित मिति : 13 October, 2022 10:32 am
स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता पद्मा कुमारी अर्यालविरुद्ध बागी उम्मेदवार बनेका कपिलदेव न्यौपानेले नाम फिर्ता लिएका छन् ।
स्याङ्जा २ को प्रतिनिधि सभामा एमाले परित्याग गरी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । न्यौपानेले बुधबार नाम फिर्ता लिएका हुन् ।
यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।