३ आश्विन २०८१, बिहिबार

आर्सनलकाे जितमा साकाकाे निर्णायक गाेल

प्रकाशित मिति :  14 October, 2022 8:38 am


काठमाडौं । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बोडो ग्लिम्टमाथि संघर्षपूर्ण जित निकालेको आर्सनल युरोपा लिगमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो।

समूह चरण अन्तर्गत बिहीबार राति बोडो ग्लिम्टलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा स्थान बनाएको हो ।

आर्सनलको जितमा साकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको २४ औं मिनेटमा गोल गरेका थिए।

यस जितसँगै आर्सनल युरोपा लिगको समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ। बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !