६ आश्विन २०८१, आइतबार

विभिन्र कार्यक्रम गरी ४२ औं विश्व खाद्य दिवस देशभर मनाइदै

प्रकाशित मिति :  14 October, 2022 2:57 pm


काठमाडौं । ४२ औं विश्व खाद्य दिवसको देशभर विभिन्र कार्यक्रम गरेर मनाइने भएको छ । उत्पादन पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार भन्रे नाराका साथ ४२ औँ विश्व खाद्य दिवस (अक्टोबर १६) असोज ३० गतेका दिन मनाइने भएको छ ।

विश्वव्यापी रुपमा खाद्य तथा पोषण सुरक्षाको महत्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमोरकी चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन ४२ औँ विश्व खाद्य दिवस हरेक वर्ष मनाइने गरिन्छ । नेपालमा कृषि विभाग र खाद्यका लागि कृषि अभियान सम्वद्ध विभिन्न निकायले सप्ताहव्यापी रूपमा दिवस मनाउदै आएका छन् ।

विभागकाे संयाेजकत्वमा सुक्रबार ललितपुरस्थित विभागकाे सभाहलमा ४२ औं विश्व विश्व खाद्य दिवसकाे मुल समाराेह सम्पन्न भएकाे छ । राष्ट्रियस्तरकाे याे कार्यक्रममा २९ विधामा उत्कृष्ट ३३ जना किसान, सहकारी संस्था, कृषि बजारहरु लगायतलाई जनही १० हजार रुपियाँको दरले नगद पुरस्कार प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएयाे ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । विश्व भोकमरी सुचक २०२१ का अनुुसार विश्वमा भोकमरी दर बढेको देखाइएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनबाट प्रकाशित प्रतिवेदन २०१९ सम्म विश्वभरि नै स्थिर रहेको खाद्य तथा पोषण सुरक्षाको अवस्थामा गिरावट आएको छ । सन् २०१९ मा करिब ८ प्रतिशत रहेको कुपोषित जनसंख्या २०२१ सम्म आइपुग्दा बढेर ९.८ प्रतिशत अनुमान गरिएको छ भने सन् २०२१ मा करिब ७०२ देखि ८२८ मिलियन मानिस भोकमरीको अवस्थामा रहेको बताइएको छ ।

विश्व खाद्य कार्यक्रमबाट प्रकाशित प्रतिवेदन २०२२ का अनुसार अघिल्लो वर्ष भन्दा २०२१ मा ४० मिलियन मानिस थप भै करिब १९३ मिलियन मानिस खराब खाद्य असुरक्षाको अवस्थाबाट गुज्रिरहेको छन् ।

त्यस्तै विश्व भोकमरी सुचकाङ्क प्रतिवेदन २०२१ का अनुसार विश्वका ११६ देशमा गरिएको विश्लेषणबाट दक्षिण एसियाका ६ देश समावेश भएका थिए । जसमा अफगानिस्तानको सबै भन्दा खराब सुचकाङ्क पाइएको थियाे । अफगानिस्तान २८.३ सुभाकाङ्क सहित १०३ औं स्थान, भारत २७.५ सुचकाङ्क सहित १०१ औँ, पाकिस्तान २४.४ सुचकाङ्क सहित ९२ औँ, नेपाल र बंगलादेश १९. १ सुचकाङ्क सहित ७६ औं र श्रीलंका १६ सुचकाङ्क सहित ६५ औँ स्थान उल्लेख गरिएको छ ।

प्रतिवेदनमा श्रीलंका, नेपाल र बंगलादेशको मध्यम खाद्य असुरक्षा भएको समूहमा राखिएको छ भने भारत, पाकिस्तान र अफगानिनस्तान गम्भिर खाद्य असुरक्षा भएको समूहमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !