३ आश्विन २०८१, बिहिबार

यस वर्षको मनसुन बाहिरिदैँ

प्रकाशित मिति :  16 October, 2022 7:14 am


काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने देशको अधिकांश स्थानबाट यस वर्षको मनसुन बहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि नेपालमा मनसुन बाहिरिन थालेको हो ।

आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

महाशाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !