३ आश्विन २०८१, बिहिबार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

प्रकाशित मिति :  16 October, 2022 7:59 am


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको निधन भएको जोशी परिवारले जानकारी दिएको छ ।

जोशी लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए । उनलाइ पछिल्लो समय डेंगुको संक्रमण समेत भएकाे थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटु सम्बन्धी समस्या देखिएको थियो ।

अक्सिजन कमी भएर पछि उनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो । शनिवारदेखि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।



प्रतिक्रिया दिनुहोस !