२५ पुस २०८१, बिहिबार

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

प्रकाशित मिति :  16 October, 2022 1:54 pm


काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु भएको छ । उक्त प्रतियोगितामा सहभागि खेलाडी पोखरा १० अस्पतालचोक बस्ने त्रिभुवन आर्मी क्लबका २६ वर्षीय खेलाडी निसम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

प्याराग्लाइडिङबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सले मृत घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !