३ आश्विन २०८१, बिहिबार

जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि ४ बजेसम्म ललितपुर महानगर परिसरमा राखिने

प्रकाशित मिति :  16 October, 2022 2:38 pm


काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगपालिकाको कार्यालय पुल्चोकमा राखिएको छ।

अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२:३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा लगिएको जोशीको पार्थिव शरीर अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागी राखिने छ ।

जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएपनि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिका परिसरमा राखिएको हो। जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यतालिका छ ।

उपचारका क्रममा अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो। डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो।



प्रतिक्रिया दिनुहोस !