३ आश्विन २०८१, बिहिबार

जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा

प्रकाशित मिति :  16 October, 2022 2:48 pm


काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् । आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको थियो ।

ललितपुर महानगरपालिका कार्यालय परिसरमा पुगेका प्रधानमन्त्री देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

जोशीलाई श्रद्धाञ्जली दिन महानगर परिसर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छन् ।

यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ पनि जोशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका छन् । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि अपराह्न ४ बजेसम्म ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिने लागिप्रमुख चिरिबाबु महर्जनले बताए ।

१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !