एल क्लासिकोमा बार्सिलोना विरुद्धको खेलमा रियलको जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले हराएको हो । दुई पुराना प्रतिद्वन्द्वी टिमबीचको २ सय ५० औं ‘एल क्लासिको’ हो ।
रियलको जितमा खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा फेडेरीको भालभर्डेले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-१ को स्थितिमा ल्याएपनि जितका लागी प्रयाप्त हुन सकेन ।
खेलको इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
यो जितपछि रियलले स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । जितसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।
बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।