४ आश्विन २०८१, शुक्रबार

सिचुवान ईन्भेष्टमेन्ट ग्रुपद्धारा ऊर्जामन्त्रालयलाई ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण

प्रकाशित मिति :  1 April, 2020 10:05 am


काठमाडाैं, १९ चैत ।

चीको सिचुवान ईन्भेष्टमेन्ट ग्रुप कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मास्क अभाव भएका बेला सिचुवान ईन्भेष्टमेन्ट ग्रुपले मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो । कम्पनीका चीन प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन ‘अनन्त’लाई मास्क हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा अवसरमा उर्जा जलश्रोत सचिव तथा पावर चाईनाका नेपाल प्रतिनिधिहरु लि हाईयुयान,ओई जिसंग र उयोगं उपस्थित थिए ।

मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताए । अभावका बेला सदभावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनाका प्रतिनिधिलाई धन्यवाद समेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !