२५ पुस २०८१, बिहिबार

बलियो नेपाल र एन एल जि इन्सुरेन्सको सहकार्यमा खेलाडीको दुर्घटना बिमा गर्ने सम्झौता

प्रकाशित मिति :  18 October, 2022 1:13 pm


काठमाडौं । बलियो नेपाल न्युट्रिशन इनिसियटिभ र एनएल जि इन्सुरेन्सको सहकार्यमा ६ टिमका ८४ जना खेलाडीलाई तीन लाख रुपैयाँको एक वर्षको लागि दुर्घटना बिमा गरिदिने सम्झौता भएको छ ।

बलियो नेपाल र एन एल जि इन्सुरेन्सको सहकार्यमा गा्रसरुट क्रिकेटको विकास तथा विस्तार गर्न बलियो नेपालका सिइओ अतुल उपाध्याय र एन एल जि इन्सुरेन्सका सिइयो सुनिल बल्लब पन्त बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

खेल क्षेत्रका माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे चेतना फैलाउन बलियो नेपाल न्युट्रिशन इनिसिटिभले खेल जगत विशेष गरि गा्रसरुट क्रिकेटको प्रवद्धवनका लागि २०७८ देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ ।

संस्थाले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करण आयोजना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !