२० असार २०८१, बुधबार

कोरोनाका कारण मृत्यु र संक्रमित हुनेको संख्या चीनमा भन्दा अमेरिकामा धेरै

प्रकाशित मिति :  1 April, 2020 11:48 am


एजेन्सी, १९ चैत ।

कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमित हुनेको संख्या चीनमा भन्दा अमेरिकामा धेरै पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार पार गरेको छ । संक्रमितको संख्या १ लाख ८८ हजार पुगेको छ । जुन विश्वको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

भारतमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने १३ सय ९७ जना संक्रमित भएको पुष्टि भएको छ । फ्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा ४ सय ९९ जनाको ज्यान गएको छ । चीनबाट फैलिएको कोराना भाइरसका कारण सबैभन्दा प्रभावित अमेरिका,इटली,स्पेन,फ्रान्स र जर्मरी रहेका छन् । चीनमा भने कोराना लगभग नियन्त्रणमा आईसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले अमेरिकका आउँदा हप्ता अमेरिकाका लागि निकै दुःखदायी हुनसक्ने बताएका छन् ।

अमेरिकामा कोरोनाका कारण मृत्यु र संक्रमणको दर बढ्न थालेपछि राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरानाका कारण अहिलेसम्म विश्वभर ४२,००० हजार जनाको मृत्यु भएको छ भने ८ लाख ५० हजार संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !