६ आश्विन २०८१, आइतबार

‘पुष्प क्षेत्रमा सरकारले थप लगानी गरेर निर्यात गर्नुपर्छ’

प्रकाशित मिति :  20 October, 2022 4:17 pm


काठमाडौं । नेपालमा पुष्प व्यवसायको सम्भावना अधिकतम रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

ललितपुरकाे जावलाखेलमा विहिबार (आज ) बाट सुरू भएकाे १५ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रर्दशनी २०७९ को समुद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले भने, “सरकारले पुष्प क्षेत्रमा ६ अर्वको लगानी गर्दा आत्मनिर्भतारको बाटोमा पुगेको र यदि पुष्पा क्षेत्रमा अझै थप लगानी गर्दा यसको निर्यात गर्न सकिन्छ ।”

उनले नेपालको अर्थतन्त्र पछिल्लो समय निकै कमजोर हुँदै गएको बताए । “हामीले हरेक वस्तुको आयात गरेका छौं । त्यसकारण सरकारले यस क्षेत्रमा थप लगानी गरेर यसको निर्याततर्फ पनि ध्यान दिन आवश्यक रहेको छ’’ उनले भने, “नेयदरल्यान्डले वार्षिक ५० करोडको पुष्प विश्वभर निर्यात गरेको छ । त्यस्तै निर्यात हामीले पनि गर्न सक्छौँ ’’ ।

नेपालका किसानहरू पछिल्लो समय पुष्प खेतिमा थप आर्कषण भएको कृषि विभागका उपमहानिर्देशक हरिबहादुर केसीले बताए । उनका अनुसार सरकारले यतिबेला खाद्य सुरक्षामा केन्द्रित हुदा पुष्प खेतिलाई ध्यान दिएको छैन । उत्पादन र यसको निर्यात गर्नको लागि थप लगानी गर्न आवश्यक रहेको उनले बताए ।

उनले भने, “पछिल्लो समय सरकारले राजपत्रमा नै प्रकाशन गरेर कृत्रिम फूलको आयातमा प्रतिबन्ध लगाएको छ तर बजारमा यसको आयात भएको पाइन्छ । यसको लागि अनुगमन टोलि सक्रिय रूपमा परिचालन गर्नुपर्छ।’’

नेपालमा पछिल्लो समय १० देखि २० प्रतिशत फूलको माग बढ्नुको साथै उत्पादन पनि बढेको नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए । तामाङका अनुसार हरेक वर्षहरुको तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरू खपत हुने गरेको छ ।

“नेपालमा तिहार र प्रेम सप्ताहमा बढी मात्रामा फूल खपत हुने गरेको छ । नेपालमा हाईब्रिड बीउ नभएको र त्यसको लागि ठूलो लगानी गर्नुपर्छ । त्यसकारण नेपालले फूल आयात गर्नुपर्ने बाध्यता रहेको छ,’’ उनले भने ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना गरिएको छ ।

उक्त प्रर्दशनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्म ५५ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । यस वर्षको गोदावरी फूलको प्रर्दशनीमा ३७ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !