यामाहा आर १५ भी ४ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यामाहा आर १५ भी ४ मोटरसाइकल सार्वजनिक गरेकाे छ । बिहीबार काठमाडौंको नक्सालस्थित यामाहा ब्लु स्क्यावार सोरुममा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो ।
१५५ सीसी क्षमताको यो बाइकमा लिक्विड कुल्ड भीभीए एफआई इन्जिनको प्रयोग गरिएको छ । जसले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्ने कम्पनीले बताएको छ । यसको कुल तौल १४२ केजी रहेको छ । यसमा ६ स्पिड गियरबक्सको साथमा स्लिपर क्लच दिइएको छ ।
मोटरसाइकलमा एक्जस्ट, ठुलो विन्डस्क्रिन, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, व्लुटुथ कनेक्टिभिटी, क्विक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, नयाँ बडी ग्राफिक, यूएसडी फोर्क, नयाँ हेडलाइट जस्ता फिचरहरू पाउन सकिन्छ ।
मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ । आर १५ भी ४ मा ब्लुटुथ कनेक्टिभिटी फिचर रहेको छ । सो फिचरमार्फत यामाहाको नेटिभ एपको माध्यमबाट स्मार्टफोन कनेक्ट गर्न सकिनेछ ।
नेपाली बजारमा यसको मूल्य ५ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो बाइक नीलो, कालो र रातो रङ्गमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।