६ आश्विन २०८१, आइतबार

गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थिति, पहिलो दिनमा १५ लाख बढीको कारोबार

प्रकाशित मिति :  21 October, 2022 12:28 pm


काठमाडौं । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ बिहीबारदेखि ललितपुरकाे जावलाखेल खेल मैदानमा सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्न आउने मानिसको बाक्लो उपस्थिति देखिएको छ ।

फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रदर्शनीको पहिलो दिन आठ हजार सात सय मानिसले अवलोकन गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पाख्रेलले जानकारी दिए ।

मेलाको पहिलो दिन सबै स्टलबाट गरी १५ लाख ५० हजार रुपैँयाको कारोबार भएको उनले जानकारी दिए । प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू छन् ।

गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत हुने छन् । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ।



प्रतिक्रिया दिनुहोस !