६ आश्विन २०८१, आइतबार

तिहार र छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारवाही हुने

प्रकाशित मिति :  21 October, 2022 12:06 pm


काठमाडौं । सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरणा मन्त्रालयले एक सूचना प्रकाशित गरेर पलास्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात तथा भण्डारणमा प्रतिबन्ध लगाएको हो ।

प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने मन्त्रालयले जनाएको छ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाएको थियो ।

तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने र विभागबाट एक लाखसम्मको जरिवाना असुल गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !