३१ भाद्र २०८१, सोमबार

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

प्रकाशित मिति :  21 October, 2022 12:59 pm


काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !