भीरकोट नगरपालिकाले गर्यो स्वास्थ्य बीमा र सुत्केरी पोषण भत्ता कार्यविधी पारित
प्रकाशित मिति : 21 October, 2022 4:13 pm
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र मातृशिशु कल्याणका लागि कार्यविधी पारित गरेको छ ।
हिजाे बसेको ९२ औं कार्यपालिकाको बैठकले “विपन्न नागरिक स्वास्थ्य बीमा र सुत्केरी पोषण भत्ता कार्यविधी” पारित गरेको नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।
नेपाल सरकारद्वारा जारी गरिब परिवार परिचय पत्र र वडा कार्यसमितिबाट अति विपन्न परिवार सिफारिस पाएका नागरिकले निशुल्क स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्ने पालिकाले जनाएको छ ।
यसैगरी स्वास्थ्य मापदण्ड अनुसार नियमित गर्भ जाँच गरेका सुत्केरी आमाहरूलाई स्वास्थ्य संस्था र वडाको सिफारिसमा नगद ५ हजार रुपैयाँ पोषण भत्ता प्रदान गरिने प्रवक्ता केसी बताए ।