२० असार २०८१, बुधबार

अफ्ठेरोमा स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सामाग्रीमा खरिदमा भ्रष्टार भएको भन्दै अख्तियारमा उजुरी

प्रकाशित मिति :  1 April, 2020 2:39 pm


sf7df8f}F, @ r}tM sf]/f]gf] efO/; ;ªqmd0faf/] hfgsf/L ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] /fli6«o;efsf] a}7sdf sf]/f]gf] efO/; ;ªqmd0faf/] hfgsf/L lbFb} :jf:Yo tyf hg;+VofdGqL efg”eQm 9sfn . t:jL/ M /Tg >]i7÷/f;;

काठमाण्डौं, १९ चैत ।

कोरोना भाइरस सम्बन्धि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलले मन्त्री ढकाल विरुद्ध उजुरी गरेको हो । विवेकशील नेपाली दलका  नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको  पौडेलको भनाई छ ।  पौडेलले अख्तियारमा दिएको उजुरीमा  विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको उल्लेख छ ।

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी गराएका छ । पछिल्लो समय स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । आलोचनाकैबीच स्वास्थ्यमन्त्री ढकालविरुद्ध  उजुरी परेको हो ।



प्रतिक्रिया दिनुहोस !