६ आश्विन २०८१, आइतबार

गोदावरी मेला अवलोकन गर्ने पाँच जना चलचित्र ‘महापुरुष’को प्रिमियर सोमा सहभागि हुन पाउने

प्रकाशित मिति :  21 October, 2022 4:30 pm


काठमाडौं । गोदावरी मेलामा अवलोकन गर्न जाने मध्ये ५ जना भाग्यशालीले चलचित्र ‘महापुरुष’को प्रिमियर साेमा सहभागी हुन पाउने भएका छन् ।

मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्ये लक्की ड्रको माध्यमबाट पाँच जनालाई चलचित्र ‘महापुरुष’को प्रिमियर सोमा सहभागि गराइने कलाकार हरिवंश आचार्यले बताए ।

मेला उद्धघाटन समारोहमा बोल्दै हरिवंश आचार्यले देशको कमजोर अर्थतन्त्रलाई बलियो बनाउनको लागि सरकारले पुष्प क्षेत्रमा थप लगानी गरेर यसको निर्यात तर्फ ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

१५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेलाई कार्तिक ६ गते बेलुका सिभिल मलमा आयोजना हुने चलचित्र ‘महापुरूष’को प्रिमियर सोमा महजोडी सँगै सहभागी हुने अवसर प्रदान गरिने भएको हो ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ बिहीबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएकाे छ ।

चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ राजाराम पौडेल र नव नायक नायिका अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस !