२ कार्तिक २०८१, शुक्रबार

चीनबाट ल्याईएको ‘र्यापिड टेष्ट कीट’ परीक्षणका लागि प्रयोगशालामा

प्रकाशित मिति :  1 April, 2020 3:45 pm


काठमाण्डौं, १९ चैत ।

सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना भाइरसका लागि र्यापिड टेष्ट कीट परीक्षणका लागि नेपाल स्वस्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरेको जनाएको छ । हिजोको नियमित पत्रकार सम्मेलनमा विज्ञ सल्लाहकार डा. खेम कार्कीले तत्काल कीट प्रयोग नगर्न भनेपछि विवाद भएको थियो ।

स्वास्थ्य विज्ञ सल्लाहकार डा. कार्कीले निकालेको विज्ञप्तिमा भनिएको छ्,‘सरकारले खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थय अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारि गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भैसकेपछि मात्र प्रयोगको लागि वितरण हुने हो । ’

विज्ञप्तिमा सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेष्ट कीट चीन सरकारले प्रमाणित गरेको भनिएको छ । बजारमा अवैध ढंगले र्यापिड कीट भित्राई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ र्यापिड कीटको प्रयोग नगर्न निर्देशन दिएको विज्ञप्तिमा दाबी गरिएको छ । तर स्वास्थ्य सामाग्री खरिदमा विवाद भइरहेका बेला कीट नक्कली भएको भन्दै आलोचना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !