४ आश्विन २०८१, शुक्रबार

भारतमा गुगललाई ९३६ करोड भारतीय रुपैयाँभन्दा बढी जरिवाना

प्रकाशित मिति :  25 October, 2022 7:38 pm


काठमाडौं । भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) ले सर्च इन्डिया उपलब्ध गराउने विश्वको सबैभन्दा ठूलो कम्पनी गुगललाई ९३६ करोड भारतीय रुपैयाँभन्दा बढी जरिवाना गरेको छ ।

आयोगले मंगलबार जारी गरेको आदेशमा अमेरिकी कम्पनी गुगल अनुचित व्यापारिक गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ ।

सीसीआईले गुगलले प्ले स्टोर बजारमा आफ्नो प्रभुत्वको अनुचित फाइदा उठाइरहेको बताएको छ । यससँगै आयोगले गुगललाई ९३६ करोड ४४ लाख जरिवाना तिर्न पनि आदेश दिएको छ ।

यस महिनाको सुरुमा, आयोगले एन्ड्रोइड मोबाइल उपकरण वातावरणमा आफ्नो बलियो बजार स्थितिको दुरुपयोग गरेकोमा गुगललाई १३३७ करोड ७६ लाख रुपैयाँ जरिवाना लगाएको थियो ।

आयोगले गुगललाई तोकिएको समयसीमाभित्र सञ्चालन गर्ने तरिकालाई परिमार्जन गर्न पनि निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !