३ आश्विन २०८१, बिहिबार

दक्षिण कोरियाको सियोलमा भागदौड हुँदा १५१ जनाको मृत्यु

प्रकाशित मिति :  30 October, 2022 12:33 pm


काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ‘एक त्रासदी घटना राजधानी सिउलको मुटुमा भएको छ । यो वास्तवमै दुखद् हो’ उक्त भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए । उक्त घटनाप्रति विश्व नेताहरूले शोक प्रकट गरेका छन् ।

हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् । घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरू रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !