१९ आश्विन २०८१, शनिबार

स्वर्गद्वारी नगरपालिकामा कोरोना विरुद्ध २० लाख रुपैयाँको कोष, क्वारेन्टाइनमा बसेकालाई प्रतिदिन २ सय ५० रुपैयाँ

प्रकाशित मिति :  1 April, 2020 5:39 pm


प्यूठान, १९ चैत ।

प्यूठानको स्वर्गद्वारी नगरपालिकाले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि २० लाख रुपैयाँको कोष स्थापना गरेको छ ।
कार्यपालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको हो ।

नगरपालिकाको बैठकले विपद व्यवस्थापन समितिको खातालाई कोरोना भाईरस रोकथापम नियन्त्रण तथा उपचार कोषको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले आवश्यक सहयोग गर्न चाहने व्यक्तिलाई कोषको खातामा रकम जम्मा गर्न आग्रह पनि गरेको छ ।

नगरपालिकाले स्वर्गद्वारी नगरपालिका वडा नम्बर-९ र वडा नम्बर-१ को कार्यालय भवन निर्माणको लागि विनियोजित एक करोड रूपैँया मध्य भवन निर्माण गर्दा असी लाख रूपैयाँ खर्च हुने र बाँकी रहेको बीस लाख रुपैयाँ यस कोषमा जम्मा गरेको हो ।

नगरपालिकाले क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई खाना नास्ता खर्च पनि दिने भएको छ। क्वारेन्टाइनमा बसेका प्रत्येक नागरिकलाई दिनको २ सय ५० रुपैयाँका दरले १४ दिनसम्मको ३५०० रुपैयाँ उपलब्ध गराउने नगरपालिकाको निर्णय छ ।

यसैगरी नगरपालिकाभित्र ज्याला मजदुरी गरि खाने, खाद्य संकट परेका विपन्न परिवारलाई नगरपालिकाले खाद्य राहत वितरण गर्न थालेको छ ।
नगरपालिकाभित्र खाद्य संकट परेका मजदुर तथा विपन्न परिवारले वडा अध्यक्षलाई सम्पर्क गरि नगरपालिका मार्फत राहत लिन सक्ने नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !