२६ पुस २०८१, शुक्रबार

गोरखाबाट चुनाव लड्न पाउँदा आनन्द महशुस भएको छ : प्रचण्ड

प्रकाशित मिति :  30 October, 2022 4:42 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको चुनावमध्ये गोरखाबाट निर्वाचन लड्दा आनन्द महशुस भएको बताएका छन् ।

आइतबार बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

गोरखा आउन पाएकोमा खुसी छु । प्रचण्डले भने अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु । गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ ।’

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे ।

‘प्रचण्डले गोरखामा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक आधार रहेको हुनाले आउने ५ देखि १० वर्षभित्र नेपालमा समृद्धिको नयाँ अभियान अघि बढाएर सफल पार्न नसकेमा राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गार्‍हो हुने बताए ।

त्यस्तै आगामी निर्वाचनको लागि गोरखामा आफूलाई ल्याएकोमा प्रचण्डले बाबुराम भट्टराईलाई धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !