गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४१ पुग्यो, अझै दर्जनौ बेपत्ता
प्रकाशित मिति : 31 October, 2022 11:51 am
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा पैदलयात्री झोलुङ्गे पुल भत्किँदा कम्तीमा १४१ जनाको मृत्यु भएको छ ।
एक स्थानीय अधिकारीले मृत्यु हुनेमा अधिकांश महिला, बालबालिका र वृद्ध भएको बताए । मोरबीको पुल मर्मतपछि एक साताअघि मात्रै सुचारु भएको थियो ।
दीपावली पर्व मनाउँदै गर्दा पुलमा त्यतिबेला भीडभाडका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। प्रहरी, सेना र विपद् व्यवस्थापन टोली खटाइएको र उद्धार कार्य जारी छ।
हालसम्म १७७ जनाभन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मच्छु नदीमा रहेको २३० मिटर (७५४ फिट) पुल १९ औं शताब्दीमा बेलायती शासनकालमा बनेको थियो ।