९ मंसिर २०८१, आइतबार

एलन मक्सले ल्याए ट्विटरमा परिर्वतन, एकाउण्ट भेरिफाइ गर्न शुल्क लाग्ने,

प्रकाशित मिति :  31 October, 2022 1:53 pm


ट्विटर विश्वकै धनी व्यक्ति एलन मक्सले किनेपछि त्यसमा धेरै परिर्वतन गर्ने तयारी भएको छ । ट्विटरले अब शुल्क लिएर मात्रै भेरिफिकेसन चिन्ह (निलो ठिक) प्रदान गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यामहरूले जनाएका छन् ।

रिपोर्टमा भेरिफाइड एकाउन्ट(ब्लु टिक) ट्विटर ब्लु सदस्यहरूलाई मात्र दिइने उल्लेख छ। ट्विटर ब्लुका लागि कम्पनीको सदस्यता योजना लिनुपर्छ। यसमा धेरै अतिरिक्त सुविधा दिइएको छ।

एक मिडिया रिपोर्टका अनुसार ट्वीटर एकाउण्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ । द भर्जले लेखेको समाचार अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९.९९ अमेरिकी डलर र भेरिफाइड भइसकेपछि मासिक ४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

ट्विटरमा पहिल्यै भेरिफाई भइसकेकाहरूलाई ट्विटर ब्लुको सदस्यता लिन ९० दिनको समय दिइनेछ अन्यथा उनीहरूको नाम अगाडिको निलो टिक हटाइनेछ। यो अझै स्पष्ट छैन कि ट्विटर ब्लु टिक प्रमाणीकरण नियम परिवर्तन हुनेछ वा छैन।

ट्विटर सम्झौता एक हप्ता पनि पूरा भएको छैन। मस्क ठूलो परिवर्तनका लागि तयारी गर्दै छन्। यसअघि उनले सीईओ पराग अग्रवाल र अन्य धेरै सदस्यलाई ट्विटरबाट हटाइसकेका छन्।

एलन मक्सले आफ्ना कर्मचारीहरूलाई यसबारे निर्णय लिन नोभेम्बर ७ सम्मको समयसीमा दिएका छन् । । –एजेन्सी



प्रतिक्रिया दिनुहोस !