२६ पुस २०८१, शुक्रबार

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

प्रकाशित मिति :  3 November, 2022 10:52 am


काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको शेयरमा आवेदन नपरेको शेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता शेयर शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।



प्रतिक्रिया दिनुहोस !