३ आश्विन २०८१, बिहिबार

रुपन्देहीमा दुई किशोरीको सामूहिक बलात्कार, ९ जना आरोपित पक्राउ

प्रकाशित मिति :  3 November, 2022 9:13 pm


बुटवल । दुई किशोरीको बलात्कारको आरोपमा रुपन्देहीबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि बुधबार राति सवा १ बजेतिर १५ र १६ वर्षका किशोरीलाई सामूहिक बलात्कार भएको आरोप छ।

कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रममा सहभागी भई दाजुहरुसँगै फर्किदा अपहरण गरी सामुहिक जवरजस्तीकरणी (ग्याङ रेप) कसुरमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

मोटरसाईकलमा आएका १२/१३ जनाको समुहले बाटो छेकी धारिलो हतियार (दाउ र हसिया) ले किशाेरीसँगै रहेका मानिसहरुलाई आक्रमण गरी ३ वटा मोटरसाईकलमा किशोरीको अपहरण गरी खोला किनारमा लगेर जबर्जस्ती करणी गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं ११ वनकट्टी वस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय एन टी (परिवर्तित नाम), १८ वर्षीय राहुल परियार, १७ वर्षीय पि एम (परिवर्तित नाम), १८ वर्षीय बबि पाण्डे, १५ वर्षीय एस बि(परिवर्तित नाम), २६ वर्षीय राम बहादुर वि.क., १६ वर्षीय ए एस(परिवर्तित नाम), १४ वर्षीय एस एस (परिवर्तित नाम) रहेका छन् ।

पक्राउ परेका प्रतिवादीहरुलाई अपहरण र करणी सम्बन्धि कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

आरोपित १३ मध्य हालसम्म ९ जना पक्राउ परेका छन् भने अन्य व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

घटनाकाे मुख्य याेजनकार राम बहादुर वि.क.रहेकाे प्रहरीकाे भनाइ छ । उनीहरूबाट प्रहरीले तीनवटा माेटरसाइकल र दुइवटा माेबाइल बरामत गरेकाे छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !