३ आश्विन २०८१, बिहिबार

एमालेको चुनावी सभा आज दार्चुलाबाट सुरू हुने, ओलीले सम्बोधन गर्ने

प्रकाशित मिति :  4 November, 2022 8:26 am


दार्चुला । नेकपा (एमाले)को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ ।

सुदूर पश्चिम प्रदेशको विकट जिल्ला दार्चुलाबाट सुरु हुने चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे एमाले स्राेतले जनायाे ।ओली चुनावी सभालाई सम्बोधन गर्न धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले यसअघि नै निर्वाचन आयाेगबाट हेलिकोप्टर प्रयाेगकाे अनुमती लिएका छन् ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको विषक्षी नेताकाे ठहर छ ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !