३ आश्विन २०८१, बिहिबार

स्याङ्जामा प्रहरी कर्मचारीद्धारा गम्भीर बिरामीलाई रक्तदान

प्रकाशित मिति :  6 November, 2022 2:35 pm


स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी कर्मचारीले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत गम्भीर बिरामीलाई रक्तदान गरेका छन् ।

जिल्ला अस्पताल स्याङ्जामा अचानक बिरामी भई उपचारका लागि गएकी स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ कि ३४ वर्षीय कबिता वि.क.लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी जवान कमल सुनारले तत्कालै रक्तदान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल लगेकोमा रगतको मात्रा धेरै नै कमि रहेको र तत्काल रगत नदिइएमा ज्यान समेत जाने अवस्थामा कमल सुनारले रगत दिएको र हाल बिरामीको स्वास्थ्य स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !