३ आश्विन २०८१, बिहिबार

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  6 November, 2022 2:21 pm


काठमाडौं । जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई ७६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको हिजो कार्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।८४ प्रतिशत नगद गरि कुल ७६।८४ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्टबैंकले स्विकृत गरेपछि संस्थाको आगामी साधारण सभाले पारि गरेपश्चात सेयरधनीलाई वितरण गरिने छ ।



प्रतिक्रिया दिनुहोस !