३ आश्विन २०८१, बिहिबार

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  6 November, 2022 2:33 pm


काठमाडाैं। एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर धनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेका थिए ।

कम्पनीको कार्तिक १८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश नेपाल राष्टबैंकले स्वीकृत गरि आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !