बीवाईडीको बढ्दो क्रेज, एक महिनामा २ लाख बढी यूनिट कार बिक्री
प्रकाशित मिति : 6 November, 2022 5:38 pm
काठमाडौं । बीवाईडीले एक महिनामा विश्वभर २ लाख १७ हजार ८१६ यूनिट कार बिक्री गर्न सफल भएको छ । कम्पनीले अक्टोबर महिनामा मात्रै उक्त संख्यामा कार विक्री गरेको हो ।
बीवाईडीले सेप्टेम्बर महिनामा विश्वभर २ लाख १ हजार ३०० यूनिट विक्री गरेको थियो । सेम्टेम्बरको तुलनामा बीवाइडीले ८.२ प्रतिशतले विक्री बढाउन सफल भएको हो ।
बीवाईडीको विक्रीमा सोङ मोडल ५६ हजार ८४३ यूनिट सहित सबैभन्दा धेरै भएको छ । त्यस्तै, हान मोडल ३१ हजार ६१४, ट्याङ १७ हजार १६१, क्वीन ३४ हजार ६७०, युवान २७ हजार ५४८ यूनिट विक्री भएको छ ।
त्यस्तै बीवाईडी ओसियन सिरीजमध्ये ११ हजार २६७ यूनिट सिल, ९११ डेस्ट्रोयर तथा २५ हजार ३३६ यूनिट डल्फिन विक्री भएको हो ।