३ आश्विन २०८१, बिहिबार

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  7 November, 2022 7:40 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस !